सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना


नेपालगन्ज : सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । 

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको  विमानस्थलले जनाएको छ । 

यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *