काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढालेको आरोप लगाएका छन् ।
मंगलबार चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको बताए । साथै भूमिको समस्या समाधान हुन नदिने मुख्य प्रचण्ड र नेपाल नै भएको र तेस्रो कांग्रेस भएको बताए ।
