नेकपा एमाले लिखु तामाकोसी हाक्ने तामाङको नेतृत्वमा ७५ सदस्यीय कमिटी नयन


लिखुतामाकोसी गाउँपालिका संगठन कमिटी रामेछापको पालिका अधिवेशन सर्वसम्मत नेतृत्व चयन गरि सम्पन्न भएको छ। पालिका कमिटीलाई अधिवेशन सम्पन्न गर्न झन्डै २० दिन भन्दा बढी समय लागेको छ। पालिका कमिटीले अध्यक्षमा भिमबहादुर तामाङ उपाध्यक्षमा केशरबहादुर पौडेल, सचिबमा सुवास बोहरा र उपसचिवद्वय लिलाबहादुर बस्नेत र निङ्मार तामाङलाई चयन गरेको हो । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो ।

कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिवप्रसाद न्यौपानेले दाबी गर्नुभएको थियो । तर, निरन्तरको छलफलपछि तामाङको अध्यक्षमा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *