आगामी फाल्गुन १३ मा बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३” रिलिज् हुँदै


काठमाडौं : चर्चित नायक प्रदीप खड्का स्टार बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३”को रिलिज मिति घोषणा गरिएको छ।

बिहिवार यसै चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले पोस्टर आउट गर्दै रिलिज मिति आगामी फाल्गुन १३ गतेलाई फिक्स भएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण रिलिज हुन नपाएको चलचित्र आगामी फाल्गुन १३ गते रिलिज हुनेभएपछि नेपाली चलचित्र पारखीहरुमा उत्साह छाएको छ।

चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । करिब २ सय वर्ष पुरानो प्रेमकथा चलचित्रले बोल्ने बताइएको छ। चर्चित नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको चलचित्रमा प्रमुख भुमिका रहेको छ।

चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङका अलवा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, जीवन बराल, जीवन भट्टराई, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा स्वर्गीय छेतेन गुरुङ र मन्दिप गौताले लेखेका हुन् । हिन्दी भाषामा समेत रिलिज हुने यस् चलचित्रका सिनेम्याटोग्राफर राजेश श्रेष्ठ हुन् । चलचित्रलाई बनिस शाहले सम्पादन गरेका हुन् ।

यस् चलचित्रका अघिल्ला २ सिक्वेल अत्याधिक रुचाएका दर्शकले तेस्रो सिक्वेल कत्तिको रुचाउने हुन् त्यो त रिलिज मिति नै कुर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *