एमाले महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको दाबी


चितवनमा आजदेखि सुरु भएको नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ ।

पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गर्नुभयो । उहाँले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो-धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली र नवलपुरको गैडाकोटबाट फर्किनुभएको छ । सभा स्थलसम्म आउन पाउनुभएन । उहाँले महाधिवेशनको उद्घाटन सत्र आफुहरुले सोचेभन्दा भव्य भएको बताउनुभयो ।

चितवनको इतिहाँसमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको उहाँको भनाई छ । महाधिवेशनको उद्घाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *