नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र संचालन भएको चितवनको नारायणी नदी किनार शुक्रबार भरिभराउ भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन ।
हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा नै रोकिएका छन । पुर्व र काठमाडौं पोखराबाट आएको कार्यकर्ता समेत सवारी जाम र बजारको भीडले कार्यक्रम स्थलमा पुग्न सकेनन् ।
