चितवन : नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनमा नयां नेतृत्व चयनको लागि भएको मतको परिणाम आउन सुरु गरेको छ। जस अन्तर्गत अध्यक्षको लागि उम्मेदवारी दिएका केपी ओली र भिम रावलको प्रारम्भिक नतिजा यतिबेला बाहिर आउन थालिसकेको छ।
निर्वाचन आयोगका अनुसार ओलीले ५ सय बढी मत ल्याउँदा रावलले सय भन्दा कमै मत ल्याएका छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।
