भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण


काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन १ लाख ८५ हजार ११२ जनामा संक्रमण देखिएको थियो । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ६३ लाख १२ हजार ४ सय ८६ पुगेको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार ७ सय ४० जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार १०९ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४६ लाख ९६ हजार ६ सय ४५ पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *