पत्रकार भन्दै बार्गेनिङ गर्ने मनोज तमौली प्रहरीको फन्दामा


नेपालगन्ज : नेपालगन्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमौलीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमौलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए ।

जानकी गाउँपालिका–६ गनापुर निवासी तमौलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमौलीलाई नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *