नेपालगन्ज : प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदानसहित २४ औं स्थापना दिवस मनाइएको हो।
स्थापन दिवसका अवसरमा पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम समेत गरिएको छ । भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।
नेत्ररोग विशेषज्ञ डा प्रचण्ड गौतमका अनुसार दुईजना पत्रकारमा मोतिबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको पाइएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुट दिइएको उनले बताए ।
यस्तै चेकजाँच र औषधि भने निःशुल्क वितरण गरिएको छ ।यस्तै ‘स्थापना दिवसकै अवसरमा चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको सम्मानमा ‘रेशम विरही सृजनशील पत्रकारिता पुरस्कार’को कोष स्थापना शुभारम्भ पनि गरिएको छ ।अध्यक्ष रोकायका अनुसार अर्को वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ ।
