काठमाडौं : लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक हुन् नेत्र भण्डारी । संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन अग्रसर हुने नेत्रका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांस गीत दर्शक स्रोताले रुचाएका छन् ।
यसैबीच, अलि लामो समयको अन्तराल पछि नेत्रको आवाज रहेको एउटा नयाँ गीत रिलिज भएको छ। शुक्रबार रिलिज “झुम्के फुली” बोलको गीतमा नेत्रको दमदार आवाज सुन्न सकिन्छ। नेत्रका अलवा गायिका सुमित्रा कोइरालाको पनि दमदार आवाज गीतमा रहेको छ।
बजारमा आइरहेका गीतहरू भन्दा पृथक लाग्ने गीतमा नेत्रले नै संगीत दिएका छन् ।भने, सर्जक रमेश परियारका शब्द छन् । गीतको अडियो निकै दमदार छ।
गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय नायक पल शाह र लोकप्रिय मोडल अञ्जली अधिकारीको धमाकेदार नृत्य रहेको छ।
पल र अञ्जलीको नृत्यले भिडियो हेर्ने जोकोहीको ध्यान सुरुदेखि अन्त्यसम्म खिच्छ। काजिश श्रेष्ठले भिडियो कोरियोग्राफी एवम् निर्देशन गरेका हुन् ।
त्यस्तै, आकर्षक फ्रेममा अर्जुन तिवारीको टिमले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन एवम् कलर गरेका छन् । गीतका प्रस्तुतकर्ता तिलक बहादुर कुवर हुन् । गीत “वान्टेड फिल्मस” नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..
