नेकपा एमाले तुलसीपुर नगर कमिटीको पदाधिकारीको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले २६ फागुनमा नगर कमिटीको पुर्ण बैठक बस्ने निर्णय गरेको हो । बैठक जिल्ला सदस्य तथा तुलसीपुर नगर इन्चार्ज मानबहादुर रावतको प्रमुख आतिथ्यता तथा नगर कमिटीको पदाधिकारीसहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै पूर्ण बैठकमा सम्पूर्ण नगर कमिटी सदस्य, १९ वटै वडाका वडा कमिटी अध्यक्षहरुलाई अनिवार्य उपस्थितीका लागि नगर कमिटी अध्यक्ष माधव वलीले आग्रह गरेका छन् । कार्यक्रम नेकपा एमाले तुलसीपुरको पार्टी कार्यालयमा यही फागुन २६ गते बिहीबार बिहान ११ बजे हुदैछ ।
