सुर्खेत । आगामी स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलले वीरेन्द्रनगरमा एक्लै चुनाव लड्ने भएको छ ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गरेको परिवार दलले तालमेल गर्दा झन्झन्ट देखा पर्ने देखिएपछि चुनावमा एक्लै जाने निणर्य गरेको हो ।
नेकपा एमाले र नेपाल परिवार दल बिच स्थानिय तहको निर्बाचनमा तालमेल गरेर जाने सहमति भएसँगेै वीरेन्द्रनगरमा परिवार दलले भाग खोजेपछि भन्झट भएको एमालेले बताएको थियो ।
परिवार दलले वीरेन्द्रनगरको ९ नं. वडा आफूलाई दिनुपर्ने अडान लिएपछि तालमेलमा किचलो उत्पन्न भएको हो । ९ नं. वडामा परिवार दलका झण्डै तीन सय सगठितय सदस्य रहेका परिवार दलको दावी छ ।
चुनावमा तालमेल नहुने भएपछि परिवार दल आफ्नै चुनाव चिन्ह लिएर आगामी स्थानीय तहको निर्वाचनमा जाने निणर्य गरेको जिल्ला कमिटी सह-सचिव दिनेश काफ्लेले नेपाली रैवारलाई जानकारी दिए ।
