खापुङलाई नेपाल प्रहरीको ३२आै प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय ।


नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी  प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका हुन।

प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए। उनी ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका कारण ३२ आै प्रहरी महानिरीक्षक पदमा खापुङलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *