प्रचण्डजीले हातमा चक्कु लिएर फूल भन्‍दै झुक्याउन खोज्‍नुभयो : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्।

आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको बताएका हुन्।

‘एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा कति दूध भात दिन्छ, त्यसअनुसार खुरुक्क छिमेकीका घरतिर सर्ने,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड हातमा चक्कु लिएर फूल भनेर झुक्याउन खोजेको बताए।

‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘ मेरो आँखाले धोका खाएको थिएन। तपाईंले भनेपछि फूलै होला भनेर बसेँ।’

पुस १० गते एमालेसँग सहमति गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा आठ दलीय छुट्टै गठबन्धन बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *