नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट राजीनामा


राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्।

पार्टीमा वरिष्ठ नेताको रुपमा रहेका राष्ट्रपति पौडेलले सबै जिम्मेवारीबाट अलग भएको लिखित जानकारी गराएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे शपथ गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *