प्रधानमन्त्रीले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मा रक्षा मन्त्रीलाई


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार मंगलबार रक्षा मन्त्री खड्काले सम्हाल्ने गरी तोकेका हुन्।

नेपाली कांग्रेसले आफ्ना भागमा परेकामध्ये अझै ३ मन्त्रालयमा मन्त्री पठाएको छैन।

जसपाले पनि एक मन्त्रीको नाम अझै दिएको छैन भने सातौं पटक मन्त्रिपरिषद विस्तार हुँदा अब्दुल खानले राजीनामा दिएपछि रिक्त रहेको खानेपानी मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए।

अझै प्रधानमन्त्रीले चार वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। आठौं पटक विस्तार हुँदा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *