प्रधानन्यायाधीश नियुक्तिमा सहमति जुटाउन प्रचण्ड र ओलीबीच छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरी तिमिम्सिनाले संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा सहमति जुटाउन छलफल भएको बताए।

संवैधानिक परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा एक्लै छलफल गरेका हुन्।

प्रधानन्यायाधीश नियुक्तिका लागि बुधबार संवैधानिक परिषदको बैठक बसेको थियो। उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारेमा अध्यक्ष ओलीले असहमति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *