नक्कली शरणार्थी प्रकरण : १६ जनामाथि दुई दिनको म्याद थपियो


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि थप दुई दिनको म्याद थप भएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरूमाथी अनुसन्धान गर्न थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रहेका छन्।

यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन्।

त्यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलगायत भने फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *