शारदा नदीमा डुबेर युवकको मृत्यु


सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो।

शारदा नगरपालिका १४ तुसारेमा फुपुको घरमा पाहुना लाग्न गएका उनी सोमबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेका हुन्। डुबेको देखेपछि स्थानीयले उनलाई पानीबाट निकालेका थिए। बेहोश भएका उनलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा चिकित्सकले कँवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *