प्रधानमन्त्री हुँदा असाधारण विकास गरेँ तर धर पाइनँ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा असाधारण विकास गरे पनि विरोधीहरूले आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असाधारण विकास गर्दा पनि धर नपाएको उल्लेख गरे।

‘गोयवल्सले भनेजस्तो झुट कुरा पनि सय पटक बोल्यो भने सत्यजस्तो लाग्न थाल्छ। त्यो कुरा मैले प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै महसुस गरेँ।’ ओलीले भने, असाधारण विकास गर्दा पनि धर पाइनँ, यति विरोध भयो कि विरोधीहरू आत्तिएको आत्तियै, कराएको करायै गर्न थाले।’

आफू प्रधानमन्त्री हुँदा जनतामा आड भरोसा र उत्साह बेग्लै भएको उल्लेख गर्दै ओलीले छोटो समयमा थुप्रै विकास निर्माणका काम गरेको जिकिर गरे।

‘अस्पताल शिक्षालय, सरकारी भवन निर्माण भयो। छोटो समयमा हजारौं पुल बने। मदन भण्डारी र हुलाकी राजमार्ग निर्माण, खानेपानी, विद्युत, अप्टिकल फाइबर, फोरजी ७७ वटै जिल्लामा पुर्याइयो। उत्पादन उत्पादकत्व ७ प्रतिशतसम्म पुर्याइयो। तर विरोधीहरू कूप्रचारमा लागे।’

आफ्नो कामले एमाले हल्लाउनै नसकिने गरी मजबुद भयो भनेर कमजोर पार्नका लागि झूट र बेइमानीको खेती हुनुका साथै कूप्रचार गरिएको ओलिको जिकिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *