निशु जोशीको फोटो सर्वोत्कृष्ट, ओलीको फोटो समाचार बिधामा उत्कृष्ट


नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवलमा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ ।
अन्तरालले आयोजना गरेको २ दिन फोटो फेस्टिवलको बुधबार सम्पन्न प्रतियोगितामा बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको जोशीको फोटोले सर्वोत्कृष्ट हुँदै नगद २५ हजार राशीको पुरस्कार जितेको हो ।

त्यसैगरी विधागत उत्कृष्टतर्फ समाचार फोटोमा पत्रकार रामु ओलीले खिचेको फोटो उत्कृष्ट भएको छ । नेपालगन्जबाट संचालित नागरिक समाज डट कममा प्रकाशित फोटो समाचार विधामा उत्कृष्ठ भएको हो। कोरोना विषेस अस्पताल खजुरा बाट कोरोनालाई पराजित गर्दै निस्केकी बालिकाको फोटो समाचार विधामा उत्कृष्ट भएको थियो । उक्त फोटो नागरिक समाजका कार्यकारी सम्पादक रामु ओलिले लिएका थिए । भर्खर कोरोना जित्नेहरु घर फर्कन लागेको बेला उक्त फोटो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । समाचार बिधामा उत्कृष्ट भएको फोटोको लागि रामु ओलिले नगद ५ हजार रुपैया पुरस्कार जितेका हुन ।

त्यस्तै सस्कृति र पर्यटन विधामा बराम बुढामगर, दैनिक जनजिवन विधामा मैत्या घर्तिमगर, खेलकुद विधा तर्फ कालपृष्ठ दैनिकका विक्रम बुढाथोकी, बन्यजन्तु र प्रकृति तर्फ रोमिन चौधरी, नेपाल स्माइल तर्फ नेपाल प्रहरीका अमित रावलले उत्कृष्ठ पुरस्कार जितेका हुन ।

पुरस्कृत हुने सबैलाई नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवलसम्सेर राणा, उप मेयर उमा थापा मगर लगाएतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रम अन्तराल मिडियाका कार्यकारी प्रमुख जयनारायण शाहले संचालनगरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *