प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउतकाे नाम अनुमोदन गरेको हो । राउतविरुद्ध समितिमा ६ वटा उजुरी परेका थिए । उहाँविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि […]

Continue Reading

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामुक्त गर्नेबारे प्रहरीको ध्यानाकर्षण

सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको छ । बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दसैँ बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो । जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ […]

Continue Reading

बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को प्रारम्भिक क्षतिको जानकारी दिनुभएको हो । उहाँका अनुसार विपद्का कारण अहिलेसम्म २ सय २४ जनाको ज्यान गएको, २४ जना बेपत्ता र […]

Continue Reading

बाढीपहिरोले यत्रो क्षति गर्ला भन्ने पूर्वानुमान नै भएन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको मनसुनले यति धेरै क्षति पुर्‍याउँछ भन्ने आँकलन नै गर्न नसकिएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले क्षतिको पूर्वानुमान नै गर्न नसकिएको बताए। ‘यो अचानक आइपर्‍यो। हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको पानी पर्ला, यस्तो पहिरो जाला र क्षति होला भन्ने अनुमान […]

Continue Reading

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई […]

Continue Reading

विपद्‍मा मृत्यु हुनेको संख्या २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए। खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको पनि […]

Continue Reading

माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी

कर्णाली सरकारले विधेयक अनुमोदन गर्दा आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी दिएका छन्  कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरुको गठन, संचालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ अनुमोदनको लागि हाल कर्णाली प्रदेश मामिला समितिमा छलफलका क्रममा रहेको छ । यो विधेयक अनुमोदनका लागि प्रदेश […]

Continue Reading

अमेरिकाबाट आइपुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश आइपुगेका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश आइपुगेका […]

Continue Reading

पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नू : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पहिलाकै दरमा भाडा लिएर सहयोग गर्नु आग्रह गरेका छन्। आज(आइतबार) सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका हुन्। लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको उनले बताए। उनले भनेका छन्,‘हवाई भाडा अरु बेला […]

Continue Reading

बाढीपहिरो र डुबानमा १७० जनाको मृत्यु, ४ हजारको उद्धार

गृह मन्त्रालयले  बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिए । […]

Continue Reading