Author: marmikkhabar
भारतबाट दशै तिहार मनाउन नेपाल फर्किनेको जमुनाह नाकामा भिड
भारतमा रोजगारी गरी हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै बाँके लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा चहल पहल बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका […]
Continue Readingएनभीए भलिबल प्रतियोगिताः न्यू डायमन्ड र त्रिभुवन आर्मी विजयी
छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिला तर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू […]
Continue Readingलुम्बिनीमा बढ्दै चहलपहल
कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको […]
Continue Readingचाडपर्व लक्षित सुपथ मुल्य पसल खुलेन बाँकेमा
चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म संचालनमा आउन सकेका छैनन् । विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगन्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो । तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन् । साल्ट टे«डिङ कर्पोरेशनले […]
Continue Readingमुस्कानलाई एसिड प्रहार गर्ने फरार समसाद मिया पक्राउ
वीरगन्जकी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने फरार कसुरदारलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ । कोरोनाको पहिलो लहरका समयमा पछि फेरि बाल सुधार गृहमा कैद भुक्तान गर्ने गरी राख्न अदालतले दिएको आदेश विपरित कसूरदार समसाद मियाँ फरार भएपछि बुधबार भने उनी पुनः पक्राउ परेका हुन्। कसूरदार मियाँ वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित आफ्नै […]
Continue Readingइक्वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु
इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]
Continue Readingप्रतिनिधिसभामा एमालेको बिरोध कायमै (भिडियो सहित )
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर […]
Continue Readingनेपालगन्जको रामलिला यो बर्षपनि मञ्चन नहुने
कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गतवर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने प्रचलन […]
Continue Reading