कांग्रेसले नाम नपठाउँदा मन्त्रिपरिषद्‍ पूर्ण भएन : जनार्दन

नेकपा माओवादी केन्द्रका उपमहाससचिव जनार्दन शर्माले नेपाली कांग्रेसले मन्त्रीको नाम नदिँदा ढिलाइ भएको बताएका छन्। शुक्रबार कर्णालीका सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव शर्माले कांग्रेसले आफ्नो भागमा परेका मन्त्रीको नाम दिन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको बताएका हुन्। ‘सम्भवतः सरकारले पूणता पाए पनि कांग्रेसले दिनुपर्ने मन्त्रीको नामहरू नदिएकाले पूर्णता पाइसकेको छैन। कांग्रेसले छलफल जारी राखेको […]

Continue Reading

फेरि बढ्दैछ कोभिड

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरे । रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन उनको आग्रह […]

Continue Reading

२५ गतेभित्र नयाँ पाठ्यपुस्तक छपाइ सकिने, भोलिदेखि विक्री वितरण खुला

आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम यही चैत २५ गतेभित्र सकिने भएको छ। अब धेरै नभएकाले यो समयमा नयाँ पुस्तक छपाइ सकिसक्ने सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाका अनुसार २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० […]

Continue Reading

कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते

सल्यानमा आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका–१२ मूलडाँडामा एसईई परीक्षा दिने विद्यार्थीबीच वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका हुन्। शारदा नगरपालिका–७ कजेरीका अन्दाजी १९ वर्षीय वीरबहादुर बुढाथोकी लगायत ७÷८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दीप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको […]

Continue Reading

नेपाली भूमि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने सरकारको घोषणा

सरकारले क्षेत्रीय स्तरमा तनावरहित मित्रताका निम्ति आवश्यक पहलकदमी लिने घोषणा गरेको छ । बिहीबार सरकारको नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यस्तो घोषणा गरेकी हुन् । ‘नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने । सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने’अन्तर्राष्ट्रिय सम्बन्धबारेको धारणामा […]

Continue Reading

मन्थलीमा बोलेरो दुर्घटना : पाँचजनाको मृत्यु, १० घाइते

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो। रामेछाप प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ६८ […]

Continue Reading

माओवादी बैठकको निर्णय : प्रदेशको नाममा पहिचानको पक्षमा उभिने

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणका वेला पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको […]

Continue Reading

भरुवा बन्दुक पड्किँदा १ बालिकाको मृत्यु‚ ३ घाइते

सल्यानको कालीमाटी गाउँपालिकामा स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। बन्दुक पड्किदा छर्रा लागेर तीनजना घाइते भएका छन्। घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किदा छर्राले लागेर कालिमाटी गाउँपालिका-७ स्वायनवासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले […]

Continue Reading

सर्वोच्चले माग्यो रविमाथि मुद्दा नचलाउनुको कारण, अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ। सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले मंगलबार महान्याधिवक्ताको कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। पोखरेलको निर्णयबाट लामिछानेले क्लिन चिट पाएका थिए। त्यसविरुद्ध […]

Continue Reading

आन्तरिक हवाई उडानकाे भाडा घट्याे, भाेलिदेखि लागू हुने

आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा […]

Continue Reading