स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आवाज उठाउनेछु:दृग नारायण पाण्डे

काठमाडौंः नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज […]

Continue Reading

बन्दाबन्दीले हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ

व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पालेको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाल्नुभएको […]

Continue Reading

सरकारी निकायकै अगाडी नदि दोहान, प्रशासन मौन

अम्बिकेश्वरी संवाददाता : बाँकेको राप्ती सोनारी गाँउपालिकामा पर्ने राप्ती नदि खुलेआम दोहनमा होडबाजी चलिरहेको छ । खुलेआम खोला तथा नदि दोहान भएको देख्दा स्थानीय सरकार, सिडिओ, प्रहरी र दोहनमा सक्रिय व्यक्तिको गतिलै सेटिङ भएको देखिन्छ। खोला र नदीहरूमा मापदण्डविपरीत डोजर, स्काभेटर र ट्रिपर सहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ ।राप्ती नदी किनारमा […]

Continue Reading

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौँ:  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो ।

Continue Reading

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकारपक्षलाई

गत शुक्रबार भएको मन्त्रीपरिषद्विरुद्ध परेका ६ वटा रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले असार ८ गते दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएका हुन्। कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, […]

Continue Reading

एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।  मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार […]

Continue Reading

नोबेल पुरस्कारबारे भ्रम र यर्थाथ

विश्वविख्यात नोवेल पुरस्कार सर्वाधिक राशि र प्रतिष्ठाका कारण विश्वका साहित्यकारहरुमा सधैँ नै चासोको विषय रहेको छ । के कुनै नेपालीले नोवेल पुरस्कार पाउलान् ? यो पनि यदाकदा चर्चामा आउने गरेको प्रशङ्ग हो । यही प्रशङ्गमा महाकवि देवकोटाले अङ्ग्रेजी भाषामा साहित्य रचना गरेर नोवेल पुरस्कार पाउने आकाङ्क्षा पालेका थिए भन्ने जानकारी पनि चाखलाग्दो छ । माधव […]

Continue Reading

चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउँने

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउँने बताउनुभएको छ । अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिवद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताउनुभएको हो । त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको […]

Continue Reading

नेपाल गाँजा बैधानिक महाअभियान शुरु

नेपालगमा गाँजा खेती गर्न पाउने भनेर महा अभियान शुरु गरिएको छ । घर घरमा रोजगार गाँजा नै नेपालको मुख्य व्यपार भन्ने मुल नाराका साथ गाँजा बैधानिक महाअभियान शुरु गरिएको हो । ११ सदस्या, एक जना संयोजक, ४ जना सल्हाकार र एक जना अभियन्ताको उपस्थितमा समिति गठन गरिएको छ । जेठ २३ गते बसेको बैठकले नेपाली […]

Continue Reading

टोपबहादुरको प्रष्टोक्ति- विघटनको घोषणा गर्न बाँकी रहेको माओवादीमा फर्किदैनौं

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताएका छन् । रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाएका […]

Continue Reading