प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीसँग फेरि कुरा गर्छु, गठबन्धनको एकतालाई जोगाउँछु

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने […]

Continue Reading

रचना रिमालको “उड्ने रहर” सार्वजनिक (भिडियो)

काठमाडौं : लोकप्रिय गायिका रचना रिमालका नयाँ गीतहरू प्रायः दैनिकजसो रिलिज हुने गर्छन् । जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, रिलिज भएका रचनाका पछिल्ला नयाँ गीत मध्ये एक हो “उड्ने रहर” बोलको गीत। केही दिन अघि उक्त गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् । गीतमा रचनाको सुमधुर आवाज सुन्न […]

Continue Reading

बाँके प्रहरीद्वारा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीद्वारा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षिय चक्र बहादुर थारु रहेको प्रहरीले जनाएको छ। थारुलाई लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले मिति २०७७ साल १० महिना २२ गते ५ दिन कैद र ५० हजार जरिवाना तोकेको थियो। तर हालसम्म फरार […]

Continue Reading

डुडुवाले संचालन गरेको ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ प्रभावकारी बन्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले संचालन गरेको ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाले स्वास्थ्यकर्मी सहित प्रत्येक घर घरमा […]

Continue Reading

विजया दशमीको उत्तम साइत आज १० बजेर दुई मिनेटमा

आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ । यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले […]

Continue Reading

मुगुमा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुल्यो

मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ […]

Continue Reading

राप्तीसोनारी ८ सम्शेरगन्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु प्रहरी र स्थानीय बीच झडप

पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ शम्शेरगञ्जमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाईते भएकी छिन् । काठमाडौंबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ७४४८ नम्बरको बसले सोमबार दिउँसो दुबै महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई मेडिकल कलेज कोहलपुर पु¥याइएपनि एक महिलालाई चिकित्सकले मृत […]

Continue Reading

पनौती नगरपालिकाद्वारा घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन

काठमाडौं, असोज २० गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ । बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको […]

Continue Reading

नेपाली काँग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने (भिडियो सहित )

 सत्तारुढ दल नेपाली काँग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा काँग्रेस […]

Continue Reading

सञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍यानुपर्छ: सरोकारवाल

 नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको दावी गर्नु भएको छ । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिनु भयो । उहाँले आफू निश्कलंक रहेको […]

Continue Reading