निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भयोः प्रदीपकुमार ज्ञवाली

नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले  निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले ३२ वर्ष अगाडी हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष हामीलाई भएको  बताउनुभएको हो । उहाँले आजको बैठकमा […]

Continue Reading

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा, आजै बिदाई कार्यक्रम

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताए । नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताए । महान्यायाधिवक्ता कार्यालयमा आजै अपरान्ह बडालको बिदाई कार्यक्रम राखिएको छ ।

Continue Reading

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् । सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता […]

Continue Reading

अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला : महेश बस्नेत

काठमाडौंः  नेकपा एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु काठमाडौंः  नेकपा एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको बताउनुभयो ।  सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाण्डौको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले निरंकुशहरु, […]

Continue Reading

करणी मुद्दामा फरार थारु ढकेरीबाट पक्राउ

जबरजस्ति करणी मुद्दामा फरार एक जनालाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका २८ वर्षीय जितबहादुर थारुलाई ढकेरीबाटै पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । करणी मुद्दामा थारुलाई जिल्ला अदालतले गएको चैत २२ गते दोषी ठहर गर्दै ९ वर्ष ८ महिना २२ दिन कैद सजाए तोकेको थियो । […]

Continue Reading

२८ घण्टाभित्र प्रधानमन्त्री बन्न परमादेश पाएका देउवा २८ घण्टाभित्र जेल जान सक्ने, शीतलनिवासमा हुदैँछ यस्तो तयारी ?

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको उक्त आदेश राष्ट्रपतिले […]

Continue Reading

हेइटीका राष्ट्रपति हत्यामा संलग्न मुख्य संदिग्ध व्यक्ति पक्राउ

हेइटीका राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न भएको अभियोगमा मुख्य संदिग्ध मानिएका एक डाक्टर गिरफ्तारमा परेका छन्। हेइटी प्रहरीका अनुसार मोइजको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्ति ६३ वर्षका क्रिस्टियन इम्यानुअल सेनोन हुन्। डाक्टर उनी हेइटीकै नागरिक हुन्। उनी राजनीतिक उद्देश्यका गत जुन महिनाको सुरुवातमा प्राइभेट जेटमा हाइटी आएको बताइएको छ। गत ७ जुलाईमा २८ […]

Continue Reading

सर्वोच्चको फैसलापछि कमल थापाले भने- अदालतमा आज गोरू व्यायो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अस्थिरतामा फस्ने टिप्पणी गरेका छन्।  सर्वोच्च अदालतले सोमबार दिउँसो प्रतिनिधि सभाको पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले ट्वीटमार्फत् यो फैसलाले कार्यान्वयनमा जटिलता थपिने बताए।  ‘राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’  थापाले लेखेका छन्।  उनले सर्वोच्चको यो फैसलालाई ‘गोरु व्यायो’को संज्ञासमेत दिएका छन्। ‘वरिष्ठ […]

Continue Reading

नेपालमै पहिलो पटक बर्दिया जिल्लामा अन्नबाली सुकाउने मेसिन जडान

  बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर २ मा कार्यरत विहानी मध्यवती बहुउदेश्यीय सहकारी संस्था र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई राजापुर बर्दियाको ५० प्रतिशत अनुदानमा पहिलो नेपालमा पहिलो पटक ग्रेन ड्रायर अर्थात (अन्न बाली सुकाउने मेसीन) जडान गरीएको छ । १४ सय ३५ शेयर सदस्य […]

Continue Reading

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको झडप, आर्थिक हिनामिनाको आरोप

धनगढी  : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायका दुई पक्षबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि मिठू बादी र रमा बादीको समूहबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको बताए। प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी […]

Continue Reading