बिद्यार्थीको सहजताका लागि ‘हेलो शिक्षक’

टीकापुर:  कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन् ।दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन् । […]

Continue Reading

मान्छेको भाग्य र दोनका कथा

हजुरबाका आँखा भित्रसम्म गाडिएका थिए। उनको टाउको पनि काम्दथ्यो र लग-लग हल्लिन्थ्यो। अनि उनका ओँठहरू चाहिँ आवाजबेगर नै चलमलाइरहेथे । निक बेरसम्म उनी चुपचाप मिशाको कपाल मुसारिरहे । त्यसपछि ओछ्यानमा लम्पसार परेर पल्टिरहेकि आमातर्फ एक नजर फ्याँकेर उनले खुसखुस गरे, “हिंड्‌, नाति ! आगनमा जाऔ !….” उनले मिशाको हात समाते र मूलढोकाको मण्डपसम्म डोर्याउँदै लगे। […]

Continue Reading

नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौंः  नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा(एमाले)मा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्व माओवादी […]

Continue Reading

हराउदै ‘छत्री’

बर्दिय : थारु समुदायको बाहुल्यता रहेको बाँके, बर्दिया, कैलाली लगाएतका क्षेत्रहरूमा रोपाइ सकिने क्रममा पुगेको छ । केही समय अगाडि थारु समुदायमा खेतीपाती गर्ने चलन र अहिलेको चलनमा भिन्नता देख्न सकिन्छ । जसकारण रोपाइमा प्रयोग हुने परम्परागत समाग्रीहरु पनि हराउँदैछन । थारु समुदायमा खेतीपातीमा पस्नु भन्द पहिले खेतमा भोज खाने चलन छ जस्लाइ थारु भाषामा […]

Continue Reading

पूर्वमाओवादी केन्द्रका नेताहरूले नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगे

पूर्वमाओवादी केन्द्रका नेताहरूले नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुग्नुभएको छ । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुग्नुहुने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी हुनुहुन्छ । बुढाथोकी भने अधिवक्ता हुनुहुन्छ । उहाँहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै […]

Continue Reading

वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौंः  नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका  हुन् […]

Continue Reading

मानसिक रुपले कमजोर युवालाई सशस्त्र प्रहरीद्वारा सामुहिक कुटपिट

बाँकेको नेपालगञ्ज जमुनाहा नाकामका मानसिक रुपले कमजााेर रहेको एक युवकलाई नेपाल सशस्त्र प्रहरीद्वारा सामुहिक कुटपिट गरिएको छ । नाकामा संधै घुमफिर गर्ने युवालाई चरेस लगेको भन्दै मंगलबार सशस्त्र प्रहरीद्वारा कुटपिट गरिएको स्थानीयले जनाएका छन् । मानसिक रुपले कमजोर रहेको जमुनाहामा बस्दै आएका झलक नेपालीलाई सशस्त्र प्रहरीले गाजा, चरेस ल्याएको भन्दै कुटपिट गरेको पिडित नेपालीले बताएका […]

Continue Reading

ग्याससहित सबै इन्धनको मूल्य बढ्याे

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।े गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय […]

Continue Reading

भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ७० थान पंखा प्रहरी फन्दामा

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोक बाट भन्सार छली अबैध रुपमा भित्र्याएको समान पक्राउ गरेकाे छ । मंगलबार बिहान ११:०० बजेको समयमा ट्राफिक चोक स्थित जिल्ला बझाङ बुङ्गल न.पा. ३ बस्ने बर्ष ३४ को जसमन धामिले चलाई ल्याएको पेट्रोलियम टेम्पो रोकी चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ७० थान पंखा […]

Continue Reading

कोमल वलीले भनिन्–”मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”

काठमाडौं, २२ असार । राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् । हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले आफूले देश र […]

Continue Reading