नेपालगन्ज वडा नं.५ को अध्यक्ष पदमा सब्बिर अन्सारीको उम्मेदवारी घोषणा

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ । यसैक्रममा नेकपा एकिकृत समाजवादीका नेता मोहम्मद सब्बिर अन्सारीले नेपालगन्ज उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आगामी बैशाख ३० गते हुने चुनावका लागि वडा नम्वर ५ को अध्यक्ष […]

Continue Reading

रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

नायिका रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ l शर्मिला वाइबा नाम गरेकी युवतीलाई नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोका अनुसन्धानको लागी पक्राउ गरेको हो l गत शुक्रवार साइबर ब्युरोमा आफ्नो चरित्रहत्या गरेको भन्दै रेखाको दिदीको तर्फ बाट उजुरी परेको थियो l पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै […]

Continue Reading

पर्वतको कुश्मामा सिसैसिसाको स्काइब्रिज सञ्चालनमा

पर्वत । सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोंचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार उद्घाटन गरे। कुस्मास्थित हार्नेस जिपलाइन प्रालिले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेकोे कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा […]

Continue Reading

नेकपा एमाले तुलसीपुर नगर कमिटीको पूर्ण बैठक हुने

नेकपा एमाले तुलसीपुर नगर कमिटीको पदाधिकारीको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले २६ फागुनमा नगर कमिटीको पुर्ण बैठक बस्ने निर्णय गरेको हो । बैठक जिल्ला सदस्य तथा तुलसीपुर नगर इन्चार्ज मानबहादुर रावतको प्रमुख आतिथ्यता तथा नगर कमिटीको पदाधिकारीसहित बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै पूर्ण बैठकमा सम्पूर्ण नगर कमिटी सदस्य, १९ […]

Continue Reading

ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ । कोन्जेसोम गाउँपालिका-४ नल्लुमा चार जना मृत फेला परेका छन् भने दुई जना अचेत अवस्थमा फेला परेका थिए । अचेलमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘काइली स्याङतानको घरमा सपरिवार खाना खाएर सुतेका रहेछन्,’ उनले भने, ‘बिहान […]

Continue Reading

पल शाहलाई थप् १२ दिन हिरासतमा राख्न अदालतको आदेश

नाबालिग बलात्कारको आरोपमा लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ l  जिल्ला अदालत तनहुँले प्रहरीलाई शाहलाई थुनामा राख्न अनुमति दिएको हो l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि फरार रहेका पलले केही हप्ता अगाडि आत्मसमर्पण गरेका थिए  । तनहुँ जिल्ला […]

Continue Reading

वर्षमान पुन भन्छन्– तत्काल अर्ली इलेक्सन सम्भव छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान फुनले अर्ली इलेक्सनका विषयमा राजनीतिक रुपले सोच्न सकिने बाहेक अन्य हिसाबले सम्भव नहुने बताएका छन्। दलका शीर्ष नेताहरुबाट नै अर्ली इलेक्सनको विषय आइरहेको छ नि? भन्ने पत्रकारहरुको प्रश्नमा उनले राजनीतिक रुपले सोच्न सकिए पनि त्यो तत्काल सम्भव नहुने बताए। ‘संघीय संसद्को कार्यकाल ५ वर्ष नपुगेर अर्ली इलेक्सन गर्न सकिन्न। […]

Continue Reading

दाङमा जुवाको खालबाट नगदसहित ११ जना पक्राउ

फागुन/ दाङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार दिउँसो ४ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ८ […]

Continue Reading

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि हुने

मस्को, सिन्ह्वा – रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको […]

Continue Reading

लाखौं रुपैयाँसहित नेपालगन्जमा जुवाडे पक्राउ

नेपालगन्जको सिटि प्यालेस होटलबाट लाखौं रुपैयाँसहित जुवाडे पक्राउ परेका छन् । ६ लाख १६ हजार रुपैयाँसहित १२ जना जुवाडे पक्राउ परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उनीहरु सिटि प्यालेसमा कोठा लिएर जुवा खेलिरहेका थिए । पक्राउ परेका नेपालगन्ज र कैलाली टीकापुरका पेशेवार जुवाडे रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुमाथि […]

Continue Reading