गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन

दैलेखमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ। शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको भन्दै यहाँका युवाहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। शनिवार दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन्। […]

Continue Reading

मन्त्रिपरिषद बैठक : सुजन र वीरेन्द्रका परिवारलाई १० लाख दिने निर्णय

सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रहरी दमनमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। मन्त्रिपरिषद […]

Continue Reading

सन्दीपलाई जेल सजाय हुने, सजाय २५ गते तोकिने

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेसँगै आउँदो २५ गते सजाय निर्धारण गर्ने भएको छ । उनलाई जिल्ला अदालतले आज (शुक्रबार) बालिका बलत्कारको आरोपमा दोषी ठहर गरेको हो । तर, गौसला २६ बालिक भएको जिल्ला अदालतले फैसला निकालेको हो । बलात्कार आरोपमा दोषी ठहरिएसँगै सन्दीप जेल जाने जाने भएका छन् । बलत्कार आरोमपमा […]

Continue Reading

प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। वि.सं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गरेका […]

Continue Reading

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

निर्वाचन आयोगले निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्। संवैधानिक निकायहरूले आफ्नो कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

Continue Reading

प्रदेश अस्पताल सुर्खेतमा अब अनलाइनबाटै नाम दर्ता

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आफ्ना सेवाहरुलाई सुधार गर्दै लगेको छ । पछिल्लो पटक अस्पतालले सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै शुरु गरेको हो । अनलाइन सेवाअनुसार कुनै पनि विरामीहरु वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पताललका निर्देशक प्रा.डा.डाक्टर डम्बर खड्काले बताएका छन् । त्यसका लागि अस्पतालको वेबसाईटमा जानुपर्छ । […]

Continue Reading

चिनियाँ जहाज लिलामी नगर्न सांसदहरूको माग

बिहीवार प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदले नेपाल एयरलाइन्सले आजै दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज बेच्न लागेको जानकारी आएको भन्दै लिलामी रोक्नुपर्ने माग गरे। उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे। सांसदहरूले जहाज किन्ने वेला कुन […]

Continue Reading

अब एसइईमा कम्तिमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तिमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्। नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा […]

Continue Reading

संघीयतासँग जोडिएका कानून बनाउन सरकार चुक्यो : उपप्रधानमन्त्री खड्का

नेपाली कांग्रेसका उपसभापति एवं सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने बताएका छन्। बिहीवार पार्टीको मधेस प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताए। उनले वर्तमान सरकार संघीय ऐनहरु तत्काल निर्माण गर्ने तयारीमा रहेको जानकारी गराए। उनले […]

Continue Reading

भूकम्पपीडितका लागि अर्थबाट पहिलो पटक अर्ब निकासा, आवास निर्माणको गति सुस्त

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको भनिएको सरकारले बल्ल एक अर्ब रुपैयाँ निकासा गरेको छ। गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले १० अर्ब पठाउने निर्णय गरेको थियो। तर बल्ल अर्थले एक अर्ब मात्रै निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये आज […]

Continue Reading