मन्त्रिपरिषदको निर्णय : सिंहदरबार र बालुवाटारको फोहर उठाउन पहल गर्ने

सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो। ‘काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति […]

Continue Reading

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी

शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको […]

Continue Reading

कोभिड संक्रमण बढ्दै, विभागीय मन्त्रालय ४२ दिनदेखि मन्त्रीविहीन

फागुन १५ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीविहीन छ। गत फागून १५ गते पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट एमालेले बाहिरिने निर्णय गरेसँगै तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरी मन्त्रालयबाट बाहिरिएसँगै स्वास्थ्य मन्त्रालय मन्त्रिविहीन बनेको हो। गत माघ ३ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका पदम गिरी ४२ दिनपछि स्वास्थ्य मन्त्रालयबाट बाहिरिएका थिए। उनले राजीनामा दिएपछि अहिले मन्त्रालय मन्त्रीविहीन […]

Continue Reading

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि काम गर्छौं : उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावको बेलाको गठबन्धनअनुसार अहिलेको सरकार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । संघ […]

Continue Reading

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल […]

Continue Reading

सरकारले सधैँ भत्ता दिन सक्दैन : अर्थसचिव

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन्। आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधारण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका हुन्। उनले रोजगारीमा आबद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा […]

Continue Reading

कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार […]

Continue Reading

अडियो टेप प्रकरणबारे रवि : ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । लामिछानेले आफूले ७२ घण्टाको अल्टिमेटम दिएको बताउँदै सो समयभित्र कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौतीसमेत दिएका हुन् । बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले […]

Continue Reading

सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुङ्गो लगाउन मध्यममार्ग अपनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुङ्गो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ । शनिवार आज सिंहदरबारमा रहेकाे सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा टीआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउने भन्ने बारेमा छलफल […]

Continue Reading

करेन्ट लागेर कर्मचारीको मृत्यु

सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा वर्ल्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका–२ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रह्लाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा वर्ल्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युत्‌को पोलमा सिढी लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी […]

Continue Reading