‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित


‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित भएको छ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले सरकारले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेट्ने गरी सो विधेयक संशोधन गर्नुपरेको पनि स्पष्ट पारे।

बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८-७९ र अख्तियार दूरपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ। दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *