डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो‚ पेट्रोल र ग्यासको घटेन

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रूपैयाँ घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ। मूल्य […]

Continue Reading

जुम्लामा अटो दुर्घटना, एकको निधन, दुई घाइते

जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्। विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घना हुदा चन्दननाथ नगरपालिका-१० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए। उनले भने‚ ‘पातारासी गाउँपालिका-३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका-९ का गोविन्द सार्की […]

Continue Reading

आर्थिक मन्दी हुँदा पनि सरकार गम्भीर भएन : प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देश आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्। उनले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ? त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या […]

Continue Reading

प्रदेश सरकार सेना बिनाको कमाण्डर जस्तो भयो : मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार सेना बिनाको कमाण्डरजस्तो भएको बताएका छन् । कतिपय ऐन, कानुन अझै बाझिने खालका भएकाले प्रशासनिक र वित्तीय संघीयता अझै राम्रोसँग लागु नभएको उनको तर्क छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर आइतबार पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री शर्माले अझै पनि प्रदेश सरकारको मातहतमा प्रदेश सरकार […]

Continue Reading

४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलको निर्देशन

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देश गरेका हुन् । ‘आज समेत ४ दिनमा फाइल बुझाउन भनेका छौं’ सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले रातोपाटीसँग भने–‘अनुसन्धान प्रतिवेदन आएपछि अभियोजनबारे निर्णय गर्छौं […]

Continue Reading

सबै सिडिओलाई गृहमन्त्रीको निर्देशन : कार्यशैली र पद्धतिमा गुणात्मक परिवर्तन गर्नू

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशको […]

Continue Reading

संघीयताबारे छलफलै भएन : एमाले

नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्। बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई […]

Continue Reading

कर्णाली करिडोर एक हप्ता बन्द हुने

कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका […]

Continue Reading

स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्। शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भइ कुनै पनि दलले बहुमत प्राप्त गर्न […]

Continue Reading

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा सरकारले खोजेजस्तो भएन : अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समLक्षा सरकारले चाहेको जस्तो नभएको गुनासो गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो गुनासो गरेका हुन्। उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरे तापनि सरकारले चाहेको जस्तो […]

Continue Reading