हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि बन्द भएको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो । सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, […]

Continue Reading

पीडितले समयमै न्याय पाए मात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि हुने बताएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्। उनले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् […]

Continue Reading

विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई २ विकेटले हरायो । नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो । उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए […]

Continue Reading

बुलबुले तालको झार हटाइँदै

सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा […]

Continue Reading

नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायाे

आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै कुशल भुर्तेल […]

Continue Reading

गृहले बनायो प्रहरी कर्मचारी समायोजन समिति

गृह मन्त्रालयले आज प्रहरी कर्मचारी समायोजन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिएको जानकारी दिए। मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उनले बताए। समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवलाई सहसंयोजक तोकिएको छ। प्रहरी […]

Continue Reading

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले आज (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने […]

Continue Reading

रेडक्रस द्धारा भूकम्प पीडितलाई आर्थिक सहयोग

सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो । नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री ईन्द्रकुमार शर्माले आर्थिक अवस्था नाजुक भएका, विपन्न, अपाङ्ग, एकल महिला, दिर्घरोगी, गर्भवती, सुत्केरी, वृद्धवृद्धा अभिभावकविहीन, दलित पहिचान […]

Continue Reading

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन जारी गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन दलहरुलाई निर्देशन दिएको हो। आयोगको आज (बिहीवार) बसेको बैठकले दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएका व्यक्तिको सम्पत्ति विवरण माग्न निर्देशन दिएको छ। आयोगले पदाधिकारी र समिति सदस्यमा निर्वाचित व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल […]

Continue Reading

पाल्पामा जीप दुर्घटना, ८ जनाकाे ज्यान गयाे

पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको थप विवरण […]

Continue Reading