यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे । नेपालले दिएकाे १ सय […]

Continue Reading

रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए। बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर मंगलबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

Continue Reading

कर्णालीमा सहयात्री बदलिंदा मुख्यमन्त्रीसँग दुई तिहाइ

काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि त्यसको असर कर्णालीमा पनि पर्ने देखिएको छ । माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा अब एमालेको ठाउँ कांग्रेसले लिनेछ । यद्यपि संघीय सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि प्रदेशमा भने एमाले सरकारमै छ ।प्रदेश सरकारका अर्थमन्त्री समेत रहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले […]

Continue Reading

लेटर ग्रेडिङ निर्देशिका लागू : १० कक्षामा पढ्न ९ मा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

विद्यार्थीहरूले कक्षा १० मा अध्ययन गर्नका लागि कक्षा ९ को परीक्षामा सबै विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आइसकेकाले यो अनिवार्य व्यवस्था गरिएको जनाएको हो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले यही शैक्षिक सत्रबाटै कक्षा ९ मा ३५ प्रतिशतभन्दा […]

Continue Reading

सल्यानमा सालनाल सहितको शिशु मृत फेला

सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।  मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको […]

Continue Reading

रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी

गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत […]

Continue Reading

कछुवा गतिमा कर्णालीको विकास बजेट

कर्णाली प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । तर विकास बजेटको कार्यान्वयन भने कछुवाको गतिमा छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको जम्मा १२.३२ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड ६९ लाख ९४ हजार ४०४ रुपैयाँमात्रै कार्यान्वयनमा आएको छ । सरकारको लक्ष्य अनुसार यो […]

Continue Reading

कर्णालीमा एमाले बाहिरिए पनि सरकार सुरक्षित

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित रहने भएको छ। कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ। केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको हो। यहाँ पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो। ग्रेसको १४ सिट , माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो। […]

Continue Reading

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

सर्वोच्च अदालतले बलात्कार आरोपमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान दिने निर्णय गरेको हो। यसअघि उच्च अदालतले पाटनले उनलाई विदेश जान रोक लगाउँदै २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो। महान्यायाधिवक्ता कार्यालयले पुर्पक्षका लागि […]

Continue Reading

६४ दिनमै अल्पमतमा परे प्रचण्ड, फेरि विश्वासको मत लिनैपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएकाे प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो। एमालेले आज र राप्रपाले फागुन १३ गते आफ्ना मन्त्रीलाई फिर्ता बोलाएसँगै सरकार अल्पमतमा परेको हो। एमालेबाट उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा […]

Continue Reading