हुम्लामा पुनः हिमपात : किसान खुशी

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको […]

Continue Reading

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा नजाने

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने जानकारी दिनुभएको छ । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी […]

Continue Reading

गोल्डेन गेटको उद्घाटन गर्दै एमालेका अध्यक्ष ओली

काठमाडौं, ११ पुस । दमक– ६ नगरपालिकासहित स्थानीयवासीका सहभागितामा करिब २१ लाखबाट निर्मित गोल्डेन गेटको आइतबार उद्घाटन गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्वीर रासस

Continue Reading

मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको छ : शंकर पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेल मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताएका छन् । उनले नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि त्यसले परिवर्तन ल्याउन नसकेको बताए । ‘हामी क्रान्तिका हिसाबले त गर्व गर्छौं, दुनियाँमा हरेक क्रान्तिका पछाडि परिवर्तन हुने गर्छ, तर नेपालमा हामीले तीन–तीन वटा क्रान्ति गर्दा पनि युगलाई बदल्न सकेका छैनौं, किन भन्दा […]

Continue Reading

मुखभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा लागु औषधसहित एक युवक पक्राउ

नेपालगन्ज : लागू औषधसहित नेपालगन्जको जमुनाह नाकाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय राजकुमार थारु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारुलाई १ ग्राम ५ सय मिलिग्राम लागू औषधसहित आइतबार नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरिएको हो। मुखभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा थारु पक्राउ […]

Continue Reading

एमाले बाँकेको अध्यक्षमा डिल्ली बिसीको चर्चा बढ्दै

नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा डिल्ली बिसीको चर्चा चुलिँदै गएको छ । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि बाँकेको अध्यक्षमा डिल्ली बिसीलाई सर्वसम्मत बिजयी बनाउन पार्टीका सबै तहका नेता र कार्यकर्ताहरु लागिपरेका छन् । अधिवेशन आउन डेढ हप्ता बाँकी रहँदा डिल्लीलाई अध्यक्ष बनाउन जिल्लाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्यहरु खुलेरै लागिपरेका छन् । बौद्धिक नेताको […]

Continue Reading

कैलालीमा अपराधका घटना बढेपछि सांसद रावलले भेटे गृहमन्त्री

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका छन् । कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् । गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सृजना गर्न माग गरे […]

Continue Reading

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।  शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।  त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको […]

Continue Reading

तेजाब आक्रमणविरुद्धको कानून पारितपछि, एमालेका अध्यक्ष ओलीलाई दिए अभियन्ताले धन्यवाद

काठमाडौं, पुस ९ । तेजाब अपराधविरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापाले तेजाव आक्रमणविरुद्धको कानून ल्याउन पहल गरेकोमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार ब्यक्त गर्नुभएको छ । तेजाब आक्रमणविरुद्धको कानून पारित भएपछि थापाले ओलीलाई भेटेर यो कानून ल्याउन सबैभन्दा बढी योगदान गरेको भन्दै धन्यवाद दिनुभएको हो । ओली प्रधानमन्त्री भएका बेला तेजाब आक्रमण गर्नेलाई […]

Continue Reading

अर्जुन र भूपेन्द्र हत्या प्रकरण : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको जानकी गाउँपालिका ९ का अर्जुन दास र लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवालको हत्याको विरोधमा स्थानीयले शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । लम्कीचुहा–१ का २३ बडुवालको कार्तिक २३ गते टीकापुरमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो भने दासको पुस २ गते जिल्लाको जानकी नगरपालिकाको अवरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव […]

Continue Reading