बारका पदाधिकारी ओली भेट्न बालकोट जाँदै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् । ओलीले साढे १२ […]

Continue Reading

हाम्रो रेकर्ड तोड्न नसकेपछि कांग्रेस-माओवादीले जनसभा नगर्ने निर्णय गरे : योगेश

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा […]

Continue Reading

ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक

सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीले अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको  बताए । मन्त्रिपरिषद्ले यसअघि नै ९ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । मन्त्रिपरिषदको बैठकले जोखिम रहेका ९ देशबाट नेपाल […]

Continue Reading

शौचालय जान्छु भनेर प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास

बझाङमा लागुऔषध चरेससहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो चरेससहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै उनले गर्दा शौचालय जाने बहाना बनाएर हिरासतको शौचालयभित्रै झुण्डिएर […]

Continue Reading

सीता राना मगरले विदेशी लिग खेल्ने

नेपाली क्रिकेटर सीता राना मगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी राना मगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले जानकारी  दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ । योसँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली […]

Continue Reading

रेखा थापाको पक्षमा दिपकराज गिरी

काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन् । राप्रपाको अधिवेशनको अर्थ आफूलाई केही नभएपनि रेखाको उम्मेदवारीका बारेमा विभिन्न कोणबाट उठेका प्रश्नहरू अनावश्यक रहेको भन्दै गिरीले ती प्रश्नहरूको जवाफ पनि दिएका छन् । ‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘कांग्रेस एमालेमा पनि […]

Continue Reading

हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोटी । यहाँस्थित जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ । सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए । विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी […]

Continue Reading

चितवनबाटै अब स्मार्ट लाइसेन्स रिन्यू गर्न सकिने

चितवन । चितवनमा आजदेखि स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गरेका हुन् । प्रचण्डले एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र लाइसेन्सको नवीकरणपत्र वितरण गरेर सेवा सुचारू भएको घोषणा गरिएको हो । अबदेखि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरबाट नवीकरण […]

Continue Reading

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरमा १५ जना घाइते

कैलाली-कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन।दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको […]

Continue Reading

आगामी पौष २ र ३ गते नेपालगन्जमा जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

नेपालगन्ज : बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा जिल्लास्तरीय आइतिएफ तेक्वान्दो प्रतियोगिता हुनेभएको छ। यहीँ मंसिर २४ र २५ गते हुनेभनिएपनि प्राविधिक कारणबस आगामी पौष २ र ३ गते नेपालगन्जमा सम्पन्न हुने आयोजक टिमले जनाएको छ। शुक्रबार नेपालगन्जको रंगशालामा आयोजक टिमले पत्रकार सम्मेलन गर्दै जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सरेको बारे आधिकारिक जानकारी दिएको हो। […]

Continue Reading