२०८४ को चुनावमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई प्रचण्डकाे चुनाैती

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिनुभएको छ । आज पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिनुभयो । […]

Continue Reading

टिकटक बन्द गर्नेहरू नै बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। विरोध गर्ने पार्टीहरूले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताए। शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द […]

Continue Reading

तत्काल भारत भ्रमणमा नजाने भए सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम अन्तिम चरणमा आएर रोकिएको छ। आज बिहीबार भारत जाने कार्यक्रम तय भएकोमा तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थाहा संचारलाई जानकारी दिए। उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका बताइएको थियो। इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड […]

Continue Reading

सभापतिमा उम्मेदवारी दिन्छु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्। नेता कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने गरी अघि बढेको बताए। उनले भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ।’ सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो। हामी […]

Continue Reading

माओवादी संविधान संशोधनको पक्षमा छ : नारायणकाजी

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको […]

Continue Reading

संघीय सरकारको रवैयाले संघीयताप्रति वितृष्णा पैदा : पूर्वमुख्यमन्त्रीहरू

कर्णालीका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन्। वीरेन्द्रनगरमा बुधवार कर्णाली उत्सवमा खलंगा : शक्तिको सदरमुकाम सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्वयले यही तरिकाको संघीयताले प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा औँल्याए। संघले अधिकार नदिएकै कारण प्रदेशले काम गर्न नसकेको उनीहरूको भनाइ थियो। ‘संघीयता बाध्यताले स्विकारेजस्तो देखिन्छ, […]

Continue Reading

परराष्ट्रमन्त्री राणाद्वारा ओडिशाका उच्च शिक्षामन्त्रीसँग टेलिफाेनमा कुराकानी

परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिशाका उच्च शिक्षामन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । मन्त्री राणाले ओडिशाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको […]

Continue Reading

युवालाई सशक्त बनाउन सके मुलुक समृद्ध बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन्। बुधबार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे। उनले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, […]

Continue Reading

नेपालमा सञ्चालित एमसीसी परियोजना स्थगित

नेपालमा सञ्चालित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का परियोजनाहरू स्थगित भएको छ। मंगलवार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरू कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ। दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका कारण एमसीसीका परियोजना रोकिएका हुन्। नेपाल सरकारलाई […]

Continue Reading

नेपाली विद्यार्थीहरूकाे सुरक्षाका लागि भारतसँग समन्वय गर्न सांसदहरूकाे माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले भारतको उडिशा राज्यकाे भुवनेश्वरमा रहेकाे कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह […]

Continue Reading