अभिनेत्री रेखा थापाले गरिन् बिहे

काठमाडाैँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् । उनले केही समयअगाडि जाजरकाेटका बलराम शाहीसँग बिहे गरेकी हुन् । लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले काेर्ट म्यारिज गरेका हुन् । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा बिहे गरेका छन् । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए ।

Continue Reading

गठबन्धनले अझै अस्थिरता निम्त्याउन खाेजेको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्।  एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’ पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको आरोप लगाए।   आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध […]

Continue Reading

फाल्गुन २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने

मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ नयाँ रिलिज मिति सार्वजनिक गरेको छ l फिल्म ‘म यस्तो गीत गाउँछु २’ सँग भिड्न परेपछी घोर आपती  जनाउदै फिल्मले फाल्गुन १३ छोडेर फाल्गुन २० रोजेको हो l फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल […]

Continue Reading

उच्च अदालतको आदेश बतास समूहको पक्षमा

काठमाडौँ — पशुपति विकास कोषविरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो आदेश गरेको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोषविरुद्ध अदालत गएको थियो । अदालतको आदेशमा भनिएको छ, […]

Continue Reading

चिनियाँ नागरिकसँग बरामद गरिएको पदार्थ सुन भएको पुष्टि

काठमाडौं : नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुन जस्तो पदार्थ सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेकोमा सो पदार्थ सुन नै भएको पुष्टि भएको  छ। यसअघि अर्धठोस (पेष्ट) स्वरूपमा ५ किलो सुन जस्तो पदार्थ सहित चिनियाँ नागरिक झाङ लि पकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएकाे थियो। विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका […]

Continue Reading

कमल थापाले फागुन ७ गते नयाँ पार्टी ‘राप्रपा नेपाल’ घोषणा गर्दै

काठमाडौं – राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टीलाई पुर्नजागृत गर्ने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाले जनाएका छन् । ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा […]

Continue Reading

थप १९ जना कोरोना संक्रमित बाँकेमा थपिए

नेपालगन्ज: थप १९ जना कोरोना संक्रमित बाँकेमा थपिएका छन्। बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको ५२ नमुना जाँचमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइसर पोजेटिभ देखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए। फोकल पर्सन वलीका अनुसार पोजेटिभ देखिएका मध्ये ७ जना बाँकेका रहेका छन्।

Continue Reading

प्रधानन्यायाधीशमाथिको महाभियोगबारे एमालेको तीन बुँदे आरोप

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबरे विरोध जनाएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाअभियोगबारे टिप्पणी गर्दै मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् । उनले महाअभियोग प्रस्तावलाई लिएर तीन बुँदे आरोप लगाएका छन् । १. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ […]

Continue Reading

पाँच जना किशोरकिशोरीको भारतीय बजार रुपैडियाबाट उद्दार

नेपालगन्ज :सीमावर्ती भारतीय बजार रुपैडियाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्दार गरेको छ । उनीहरु बाँके र बर्दियाका हुन् । अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि जमुनाह इप्रकाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले गएराती सीमापारी रुपैडिया बजारबाट उनीहरुको उद्दार गर्न सफल भएको हो । विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ […]

Continue Reading

पेस्तोल देखाइ लुटपाट गर्ने २ जना पक्राउ

नेपालगन्ज : पेस्तोल देखाइ लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ रुपैडिया स्थित निबिया घर बताउने २६ वर्षिय डब्लु मनिहार र भारतको बाबागन्ज घर बताउने २८ वर्षिय निजामुद्दिन कवडिया रहेको प्रहरीले जनाएको छ। बर्दियाको बढैयाताल गाउँपालिका स्थित सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट शुक्रबार रात पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको […]

Continue Reading