आज राति देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा केही दिन यता देशका धेरै भागमा पानी परिरहेको छ । अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज […]

Continue Reading

सवारीचालक अनुमतिपत्र: लाइसेन्सका लागि परीक्षा ‘सुरु हुँदै

काठमाडौं, भाद्र ११ गते । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ। विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ। विभागका सूचना अधिकारीले आवेदन दिएकाहरूले […]

Continue Reading

निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं, भाद्र् १० गते । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले […]

Continue Reading

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, भाद्र १० गते ।  नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ बजे बैठक तय […]

Continue Reading

मोटरसाइकलले ठक्कर दिदा अढाइ बर्षीया अनावीयाले ज्यान गुमाईन।

नेपालगन्ज उपमहानगरपालिका–११ निवासी इमरान राइकी छोरीलाई सदरलाइनस्थित बाबा लस्सी अगाडीको सडकमा मोटरसाइकलले ठक्कर दिएको थियो । त्यही नजिकै सिसिटिभी क्यामरा लगाइएको छ । तर सिसिटिभी क्यामरा विग्रीएको छ । जस्का कारण दोषीलाई पहिचान गर्न समस्या छ । अनावीया घरभित्र बाहिर गएको दृष्य इमरानको आँखा वरीपरि घुमिरहन्छ । अनावीयालाई बेलुका पर्नै हुन्थेन । उनी मामा सित […]

Continue Reading

क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न सभापति देउवालाई दवाव ।

काठमाडौं भाद्र ०९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । पार्टी केन्द्रिय कार्यालय सानेपामा […]

Continue Reading

साओमीले ‘रेड्मी नोट–१०’ को उत्पादन बन्द गर्यो

काठमाडौं, भाद्र  ०९ गते ।  साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो। र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक यही लाइनअपका अन्य स्मार्टफोन किन्न कम्पनीले आग्रह गरेको छ। चिपसेट अभावका कारण कम्पनीले यो निर्णय लिएको जानकारी गराएको छ। सिएनबीसी इन्टरनेसनलका अनुसार बजारमा चिपसेटको अभाव हुन थालेपछि […]

Continue Reading

प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो । नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा […]

Continue Reading

निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत सुरु

काठमाडौं, भाद्र  ०९ गते ।  निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुग्नुभएको छ । एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ […]

Continue Reading

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् […]

Continue Reading