राष्ट्रपति पौडेलले गरे विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रवार) अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। “सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण […]

Continue Reading

वीरेन्द्रनगरमा सडेको अवस्थामा एक महिलाको शव फेला

वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । यद्यपि उक्त शव अहिलेसम्म पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । पिंक कलरको कुर्ता लगाईको ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । […]

Continue Reading

कुनै विचार नै नभएको पार्टी : रास्वपालक्षित ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी गरेका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए।उनले चित्रकला प्रतियोगिताको उदाहरण दिँदै नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको […]

Continue Reading

वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिन माओवादी कर्णाली प्रदेश कमिटीको माग

नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ। आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै‌ निरन्तरताका लागि केन्द्रसँग […]

Continue Reading

विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन्। शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन्। बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले २ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि […]

Continue Reading

जनताको भरोसा जित्न सके मात्रै समीकरणको औचित्य पुष्टि हुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा जित्न सके मात्रै सरकारको संकल्प प्रस्ताव र नयाँ समीकरणको औचित्य पुष्टि हुने बताएका छन्। सरकारको न्यूनतम साझा संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू देश र जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ आएको बताए। आफू प्रधानमन्त्री भएपछि तेस्रोपटक संकल्प प्रस्ताव सार्वजनिक गरिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भाषमा […]

Continue Reading

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइते २४ मध्ये अधिकांश सिकिस्त

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ। […]

Continue Reading

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ । सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान […]

Continue Reading

शेरबहादुरजी पैसा बाँडेर मात्रै चुनाव जित्छन् : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्। आज परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्। ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले […]

Continue Reading

वीरेन्द्रनगरको हङकङ बजार र गोदामलाइन क्षेत्रमा डोजर चलेपछि तनाव !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो । सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् […]

Continue Reading