राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूको गृहमन्त्रीलाई आग्रह

नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ। बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो। सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी […]

Continue Reading

शीतलनिवास पुगेर सुनले भेटे राष्ट्रपतिलाई

नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको भन्दै चीनको प्रशंसा गरे। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित श्रेणीबाट स्तरोन्नति हुन गइरहेकाले त्यसपछि पनि चीनले थप सहयोग […]

Continue Reading

सत्तापक्षको असन्तुष्टिका बिच आगामी वर्षको बजेट पारित

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाध्यक्षको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । कांग्रेस, राप्रपा, जसपा नेपाल लगायतका साना दल […]

Continue Reading

मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको हाे : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउनुभयो । […]

Continue Reading

समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दावी गरे। उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण […]

Continue Reading

बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१।८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि […]

Continue Reading

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

कपा एमालेले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्। ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णायार्थ पेश गर्ने कार्यसूची […]

Continue Reading

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ करोडको बजेट

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लासग ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । नगरपालिकाका नगरउपप्रमुख निलकण्ठ खनालले […]

Continue Reading

सरकारी कर्मचारीको तलबमान मर्यादाक्रम अनुसार निर्धारण गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सोमबार सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली,गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा फैसला गर्दै तलबमानमा विभेद नगर्न भनेको हो । २०७६ वैशाख १६ गते सरकारले कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । उक्त मर्यादाक्रम अनुसार आफूहरूले पाउनुपर्ने तलब नपाएको […]

Continue Reading

राष्ट्रिय परिचयपत्रबारे गृहको नयाँ सर्कुलर : भत्ता लिन सबैलाई अनिवार्य होइन

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले निश्चित समुहलाई आवश्यक नपर्ने बताएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो […]

Continue Reading