मौन अवधि र मतदानको दिन आचारसंहिता पूर्ण पालना गर्न रुकुम पश्चिमको अनुरोध ।

रुकुम पश्चिमका सबै पक्षलाई निर्वाचनको मौन अवधि र मतदानको दिन निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले एक सूचना जारी गर्दै आचारसंहिता पूर्ण पालना गर्न अनुरोध गरेका हुन ।  जिल्लाका राजनीतिक दल, […]

Continue Reading

निर्वाचन लक्षित रक्त्तदान कार्यक्रम।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन लक्षित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधक सहयोगमा सम्पन्न कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले निर्वाचनको […]

Continue Reading

एमाले चुनावको विरोधमा थिएन, शान्ति सुरक्षाको सुनिश्चितता खोजेको थियो : गृहमन्त्री अर्याल

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले चुनावको विरोधमा नभएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले एमालेले निर्वाचनमा सुरक्षा र निष्पक्षता खोजेको बताएका हुन् ।  उनले भनेका छन्, ‘एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो । हामी चुनाव विरोधी होइनौं भन्दै सरकारको वैधानिकतामा […]

Continue Reading

एमाले जनप्रिय मतसहित पहिलो दल बन्छ : प्रचार विभाग संयोजक शाही

सुर्खेत । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले जनप्रिय मतसहित पहिलो पार्टी बन्ने दाबी गरेका छन्। शनिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाएको जानकारी दिए। आगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गरी सरकार गठन गर्ने र […]

Continue Reading

निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण।

सुर्खेत – आगामी फागुन २१ गते हुन गएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूका लागि सुर्खेतमा कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा सोमवार ‘निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी’ १ दिने अभिमुखीकरण कार्यक्रम गरीएको हो। कार्यक्रमको उदघाट्न सत्रलाई सम्वोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दिल बहादुर कार्किले यसपटक अघिल्ला […]

Continue Reading

धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु, २४ घाइते ।

काठमाडौ । धादिङमा सोमवार  बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल […]

Continue Reading

वीरेन्द्रनगरमा एमालेको उत्साहजनक घरदैलो कार्यक्रम ।

सुर्खेत विरेन्द्रनगरमा नेकपा एमालेले मंगलबार विरेन्द्रनगरपालिकाको वडा न ३ र ६ मा घरदैलो अभियान सुरु गरेको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसंगै एमालेले मतदाता भेट्घाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको हो । घरदैलो कार्यक्रममा नेकपा एमालेका सचिब यामलाल कंडेल , केन्द्रिय सदस्य मोहन माया ढकाल, पद्मा खड्का, सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका […]

Continue Reading

देशलाई निकास दिन एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ : एमाले सचिव कँडेल |

सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेलले देशलाई वर्तमान संकटबाट निकास दिन आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । सोमबार नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगर–१२, मा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसजस्ता स्थापित दलबिना देश अघि बढ्न नसक्ने दाबी गरे । ‘हामी भोट मात्र माग्दैनौं, जनताको […]

Continue Reading

कर्णालीमा यस पटक निर्वाचनमा एमालेको उत्साहजन अवस्था छः कंडेल ।

सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कंडेलले कर्णालीमा यस पटकको निर्वाचनमा एमालेको उत्साजनक अवस्था रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगर निर्वाचन परिचालन समितिले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै २०७९ को निर्वाचन भन्दा यस पटक उत्साहजनक अवस्था भएको बताएका हुन् । चुनावी भेला र कार्यक्रमहरु हेर्दा उत्साहजनक रहेको बताउदै उनले भने, ‘यस पटक निर्वाचनमा हामीले ७९ […]

Continue Reading

सुनिताको निर्देशनमा बालेन्द्रले मात्रै प्रयोग गर्ने महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला।

कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ। आइतबार देखी उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले सञ्चारमाध्यमलाई जनाएका छन। सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो।बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै […]

Continue Reading