जाजरकोटमा फेरी भुकम्प,मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ

फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ […]

Continue Reading

दुर्गम र गरिब परिवारका भूकम्प पीडितलाई प्राथमितामा राख्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गमका र गरिब परिवारका भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन्।भूकम्प पीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न गएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले उर्जा मिलेको बताउँदै प्रधानमन्त्री दाहालले आफूले रास्वपाले उठाएका सुझावहरू प्रायः […]

Continue Reading

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदाे […]

Continue Reading

भूकम्प पीडितलाई सल्यानका स्थानीय तहले २० लाख सहयोग गर्ने

सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्। आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् […]

Continue Reading

इजरायलमा मारिएका प्रवेशको शव परिवारलाई बुझाइयो

हमासको आक्रमणबाट इजरायलमा मारिएका विद्यार्थी प्रवेश भण्डारीको शव परिवारलाई बुझाइएको छ। हिजो (शनिवार) इजरायलबाट काठमाडौँ ल्याएको सल्यान शारदा नगरपालिका-३ सिरुवारका भण्डारीको शव नेपाल सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट आज साँझ नै सुर्खेतबाट ल्याएर परिवारलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए। परिवारले आज नै प्रवेशको अन्तिम संस्कार गरेका छन्। अन्तिम संस्कारमा सुरक्षा […]

Continue Reading

जाजरकोट भूकम्प : पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय […]

Continue Reading

कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ। शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला […]

Continue Reading

उद्धारमा परिचालित जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ। नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०।०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले […]

Continue Reading

गएरातिको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुग्यो

गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो। भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा […]

Continue Reading

भूकम्पमा परेकाको उपचार गर्न बाँकेको भेरी अस्पताललाई बनाइयो ‘डेडिकेट अस्पताल’

जाजरकोट भूकम्पमा गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई ‘डेडिकेट’ अस्पताल बनाइएको छ । जाजरकोट र रुकुम पश्चिमबाटगम्भीर घाइते ‘रिफर’ हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि नरेश श्रेष्ठलाई ‘फोकल पर्सन’ पनि तोकेको छ। ​९८५११४३६६६ नम्बरमा फोन गरेर श्रेष्ठसँग सहयोग लिन […]

Continue Reading