उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आइतबार बिहान ७ बजेदेखि मतदान

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म […]

Continue Reading

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार

नेकपा (एमाले)बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ। गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका वेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) प्रमुख दलका रूपमा रहेको गठबन्धन अन्तर्गत गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल काँग्रेस बनेको थियो। काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा चल्यो, मुख्यमन्त्री […]

Continue Reading

कांग्रेस बूढो भयो, माओवादीले फागुन १ मा श्राद्ध गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बूढो पार्टी भएको टिप्पणी गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसमा युवा नेता भए पनि विचार बूढो भएको बताएका हुन्। ‘कांग्रेस बूढो पार्टी भयो। उमेरले भनेको होइन। कांग्रेसका भर्खर भखर्रका नेता पनि बूढो र […]

Continue Reading

निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाइने बताउनुभयो । ‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्धन गर्ने […]

Continue Reading

ओमानमाथि नेपालको शानदार जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । नेपालको जितमा कुशल मल्लले शानदार शतक प्रहार गरे । सुरुआतमा खराब देखिएको नेपालको ब्याटिङलाई सुधार गर्दै उनले १ सय ८ रनको शतकिय इनिङ्स खेले । सोमपाल कामीले विस्फोटक ६३ रनको इनिङ्स खेले । […]

Continue Reading

भेरी किनारमा नमुना शहर बनाउँछौँ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्। शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए। उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने […]

Continue Reading

प्रधानन्यायाधीश नियुक्तिमा सहमति जुटाउन प्रचण्ड र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरी तिमिम्सिनाले संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा सहमति जुटाउन छलफल भएको बताए। संवैधानिक परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग […]

Continue Reading

राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ भर्ना भएका हुन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। उनलाई ६०१ नं. शय्यामा राखिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझावअनुसार उनलाई अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ। शुरुमा पेटमा र पछि छातीमा […]

Continue Reading

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् । उनले अगाडि भने, ‘अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।’ सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने […]

Continue Reading

प्रधानमन्त्रीले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मा रक्षा मन्त्रीलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार मंगलबार रक्षा मन्त्री खड्काले सम्हाल्ने गरी तोकेका हुन्। नेपाली कांग्रेसले आफ्ना भागमा परेकामध्ये अझै ३ मन्त्रालयमा मन्त्री पठाएको छैन। जसपाले पनि एक मन्त्रीको नाम अझै दिएको […]

Continue Reading