यो वर्ष धान उत्पादन झन्डै साढे ४ प्रतिशतले बढेर ५७ लाख २४ हजार मेट्रिक टन पुग्यो

चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा धान उत्पादन बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार मेट्रिक टन पुगेको अनुमान गरेको हो । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव शून्य आठ प्रतिशतले बढी हो । धान उत्पादन बढे […]

Continue Reading

सर्लाही घटना : ११ बुँदे सहमति‚ परिवारले बुझ्यो शव

मृतकका परिवारसँग ११ बुँदे सहमति भएसँगै सर्लाहीको बरहथवा क्षेत्र शान्त बनेको छ। गत शुक्रवार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा आज दिनभरि तनावग्रस्त बनेको थियो। मृतकका परिवार र स्थानीय प्रशासनबीच आज साँझ एघारबुँदे सहमति भएसँगै बरहथवा क्षेत्र शान्त बनेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले थाहाखबरलाई […]

Continue Reading

भारतसँग सम्झौता गर्दा हामीसँग परामर्श गरिएन : एमाले

नेकपा एमालेले भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणका क्रममा भएका सम्झौताबारे आफूहरूसँग परामर्श नगरिएको भन्दै आपत्ति जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले भारतसँग भएको भनिएका सम्झौता सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। ‘दुई देशका बीचको संयुक्त आयोगको बैठकमा के के विषयमा छलफल भयो र के के सम्झौताहरू […]

Continue Reading

सुर्खेतमा आजदेखि राष्ट्रिय भलिबल प्रतियोगिता

सुर्खेतको वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त आयोजनामा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ। नेपाल भलिबल […]

Continue Reading

कर्णाली बनाउने काम राजनीतिकर्मीकै हातमा : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने वा बिगार्ने जिम्मेवारी राजनीतिकर्मीकै हातमा भएको बताएका छन। शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले जनताको साथ लिएर सम्पूर्ण तागत प्रयोग गरेर राजनीतिकर्मीहरूबीच एकताबद्ध भएर विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए। ‘नेतृत्व लिने कुरा महत्वपूर्ण होइन। […]

Continue Reading

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो । यसअघि उनीहरूका लागि आवेदन दिने समय […]

Continue Reading

कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने

कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका-६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहतबापत उक्त रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए। ‘आज बसेको बैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ’‚ मुख्यमन्त्री […]

Continue Reading

प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको तयारीमा हुनुहुन्छ : अग्नि सापकोटा

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारका काम प्रभावकारी बनाउने योजनामा रहेको बताएको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले उनी मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिरहेको भन्ने बुझिने […]

Continue Reading

गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन

दैलेखमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ। शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको भन्दै यहाँका युवाहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। शनिवार दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन्। […]

Continue Reading

मन्त्रिपरिषद बैठक : सुजन र वीरेन्द्रका परिवारलाई १० लाख दिने निर्णय

सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रहरी दमनमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। मन्त्रिपरिषद […]

Continue Reading