अन्तत: सरकारबाट बाहिरियो एमाले

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन् चिढ्याउँदै गएका थिए। उनले हिजो परराष्ट्रमन्त्री डाक्टर […]

Continue Reading

प्रचण्डजीले हातमा चक्कु लिएर फूल भन्‍दै झुक्याउन खोज्‍नुभयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्। आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको बताएका हुन्। ‘एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा कति दूध भात […]

Continue Reading

वातावरणीय प्रभाव मूल्याङ्कनविनै कर्णालीमा रंगशाला निर्माण, मन्त्रालयले ताेक्याे जरिवना

कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेकाे रंगशाला विवादमा आएकाे छ । १० औँ राष्ट्रिय खेलकुद आयोजनाको मिति तय भएसँगै रङ्गशालाको निर्माण धमाधम भइरहेको बेला प्रदेशकाे उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मुल्यांकन (इआइए) विनै निर्माण गरेकाले जरिवना ताेकेपछि विवादमा मुछिएकाे हाे । हालसम्म झन्डै ३० प्रतिशत काम सम्पन्न भइसकेको रंगशालाका विषयमा मन्त्रालय अन्तर्गतको […]

Continue Reading

पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला

बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले […]

Continue Reading

राष्ट्रपति निर्वाचन : माधव नेपालसँग सहयोग माग्दै ओलीले पठाए पत्र

नेकपा एमालेले एकीकृत समाजवादीलाई राष्ट्रपतिमा सहयोग माग्दै औपचारिक पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग माग गर्दै पत्र पठाएका हुन्।  पत्रमा उनले नेपालको संविधानको मर्म र भावनाअनुरुप सुवास नेम्वाङ राष्ट्रपतिका लागि योग्य रहेकाले सहयोग गर्न आग्रह गरेका छन्। 

Continue Reading

नेपालको लगातार सानदार जित, कुवेत २४३ रनले पराजित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ।  शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको नेपाली युवा टोलीले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भयो।  नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न […]

Continue Reading

आठै दलका शीर्ष नेतासहित पुगेर रामचन्द्रले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठै दलका शीर्ष नेताहरूलाई साथ लिएर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पौडेल राष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजे पुगेका थिए।  उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत […]

Continue Reading

राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। शनिबार उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, कानूनमन्त्री​ ध्रुवबहादुर प्रधान,शहरी विकासमन्त्री विक्रम पाण्डे र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्रीले राजीनामा दिएका हुन्।

Continue Reading

क्रिकेटर लामिछानेलाई सर्वाेच्चले विदेश जान अनुमति दिएन

क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतवार नै पेस गर्न आदेश दिएसँगै लामिछाने विदेश जान नपाउने भएका हुन् । लामिछानेले विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको […]

Continue Reading

सरकारले दिने आकस्मिक बिदामा बैंकहरू खुल्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले आकस्मिक रुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो। बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको […]

Continue Reading