बाँकेको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तीन र चार पांग्रे निषेध

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको व्यस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरेको छ । विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरिएको कार्यालय प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो । साँघुरो सडक र भीडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि ती सवारीसाधनलाई […]

Continue Reading

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको हो । सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भुमिका […]

Continue Reading

एमसीसीबारे नेपालको प्रष्टीकरण ः कुर्सी र सत्ताका लागि देशको हितविपरित कुनै सम्झौता मान्दैनौं

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताएका छन् । नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा […]

Continue Reading

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो । स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली […]

Continue Reading

जमुनाह चेकपोष्टमा लागु औषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित तीन जना प्रहरीको फन्दामा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकपोष्टमा उनीलाई प्रहरीले पक्राउ गरेको हो। बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारु, दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन र २१ वर्षका प्रविण विकलाई रुपैडियाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पुन […]

Continue Reading

सभामुख सापकोटा जंगिए एमाले सांसदसँग

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल […]

Continue Reading

अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए । अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन्

Continue Reading

आज मन्त्रिपरिषद् विस्तार हुने, ११ जना मन्त्रि थपिन्दै

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि बुधबार मन्त्रिपरिषद् बिस्तार हुने भएको हो । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जानकारी अनुसार मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री […]

Continue Reading

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी आन्दोलित

 स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्य जिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा गरेका […]

Continue Reading

१६७७ जनामा कोरोना भाइरस संक्रमण २१ जनाकाे मृत्यु

काठमाडौं, भाद्र २२ गते । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको […]

Continue Reading