कर्णालीमा बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्न ९ बुँदे प्रतिबद्धता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को समीक्षा गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलेको अध्यक्षतामा बिहीबार गरिएको उक्त कार्यक्रममा प्रदेश सरकार मातहतका सबै कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सरकार ठिक ढङ्गले चल्न नसकेको, बजेट कार्यान्वयन कमजोर रहेको, जुन तरिकाले सरकारले सेवा प्रवाह गर्नुपर्ने हो त्यो अनुसार नभएको लगायतका विषयमा गम्भीर समीक्षा भएको छ […]

Continue Reading

हामीविरुद्ध षड्‌यन्त्रका तानाबाना बुनिँदै छन् : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्​यन्त्रका तानाबाना बुनिँदै छन् भन्ने सुन्नमा आएको बताए। उनले त्यस बारेमा यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताए। उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी […]

Continue Reading

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको […]

Continue Reading

सांसदले घुस दिएको विषयमा अनुसन्धान गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री लेखक

हमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा. वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरूले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए। उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए। […]

Continue Reading

स्वार्थ बाझिँदा मुलुकमा भ्रष्टाचार मौलायो : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए। उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गरी न्यूनीकरण गर्न आवश्यक रहेको बताए। उनले सर्वोच्च अदालतले […]

Continue Reading

विगतमा घेराबन्दी थियो, अहिले छैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा जस्तो अहिले घेराबन्दीको अवस्था नरहेको बताएका छन्।बालुवाटारमा मंगलबार भएको कार्यक्रममा बोल्दै ओलीले विगतमा आफूले पार्टीभित्रकै डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको पनि बताए। ‘मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले अप्ठाराहरूसँग जुधेको छु। कोभिड, नाकाबन्दी र पार्टी भित्रकै डरलाग्दा अप्ठाराहरूसँग जुधेको छु। आज कतै पनि त्यस्तो स्थिति छैन। […]

Continue Reading

कर्णालीमा नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने माओवादी मन्त्रीहरूकाे तयारी

केन्द्रमा समीकरण बदलिएर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नेतृत्वमा सरकार बनेसँगै कर्णाली प्रदेशमा यसअघि नेकपा माओवादीबाट बनेका मन्त्रीहरूले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने तयारी गरेका हुन् । यद्यपि मुख्यमन्त्री यामलाल कँडेल सङ्घीय राजधानी काठमाडौँ भएकाले मन्त्रीहरू मुख्यमन्त्रीको प्रतीक्षामा छन् । ०८० चैत्र २७ गते नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका […]

Continue Reading

राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटआश्रित विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले बजेट आश्रित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। नयाँ सरकार बनेसँगै अर्थमन्त्रीकै प्रस्तावमा राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको सन्देश सोमबार प्रतिनिधिसभामा फिर्ता पठाएको थियो। सोही विधेयकहरू राष्ट्रपतिले […]

Continue Reading

नलगाड नगरपालिकाले मासुभात र घुमघाममै सक्यो १ करोड ७ लाख

महालेखापरीक्षकको कार्यालयको आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठूलो मात्रामा अनियमितता गरेको औँल्याएको छ। नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले औँल्याएको छ। यसैगरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासुभातमा खर्च गरेको पाइएको छ। मासुभात, भ्रमण खर्च, पालिकाका पदाधिकारी सुविधा, इन्धन खर्चलगायतमा […]

Continue Reading

प्रधानमन्त्री ओलीले भोलि ११ बजे शपथ लिने

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान ११ बजे शपथ लिने भएका छन्। प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आजै अपराह्णमा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रतिनिधिसभाको […]

Continue Reading